इटहरी: सुनसरीको कोशी गाउँपालिकामा दुई महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पालिकाको वार्ड नम्बर १ स्थित राजापोखरीको क्वारेन्टाइनमा बसेका ३८ र २३ वर्षीय दुई महिलामा कोरोना संक्रमण पुष्टि भएको गाउँपालिका उपाध्यक्ष अनिता देवी यादवले जानकारी दिइन् ।
संक्रमित महिला मध्ये एक जनाको सानो बच्चा पनि सगैं रहेकाले उन ती बच्चाको पिसिआर टेष्टको लागि वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको उपाध्यक्ष यादवले बताइन् । ति महिलाहरु केहि दिनअघि भारतको बब्बईबाट आएका हुन् । प्रतिष्ठान बाट आएका स्वास्थ्यकर्मीको टोलिले असार २ गते ६ जनाको पिसिआर टेस्ट लगेकोमा चार जनाको रिपोर्ट आउँदा दुईजनामा संक्रमण पुष्टि भएको हो ।
थप दुईजनाको रिपोर्ट आएको बाकीँ छ । संक्रमित दुवैजनालाई विराटनगर कोभिड अस्पताल लाने तयारी भईरहेको छ । केही दिन अघि पनि उक्त पालिकाका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।