इटहरी: प्रदेश १ मा शनिबार थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार आज मोरङका ८, सुनसरीका २ र झापाका १ जनामा कोरोना पोजिटिभ देखिएको हो ।
थपिएका संक्रमितमध्ये ८ जना मोरङको रतुवामाई नगरपालिकाका हुन् ।

यस्तै, झापाको गौरीगञ्जमा १ र सुनसरीको कोशी गाउँपालिकामा २ जना महिलामा पनि शनिबार संक्रमण पुष्टि भएको छ ।
योसँगै प्रदेश १ मा संक्रमितको संख्या ४ सय ३० पुगेको छ । उनीहरूमध्ये २ सय ३४ जना अस्पतालबाट निको भएर डिस्चार्ज भएका छन् ।