इटहरी :सुनसरी स्थित इटहरी उपमहानगरपालिकाको परिसरमा एक बृद्ध बेवारिसे अबस्थामा फेला परेका छन् । गत असार ५ गते बिरामी रहेको अबस्थामा भेएिपछि उनलाई अहिले इटहरी अस्पताल भर्ना गरि उपचार भईरहेको अस्पतालले जानकारी दिएको छ ।

धनजय ढकाल नाम बताउने ७० वर्षीय बृद्धको घर संखुवासभा जिल्ला रहेको छ । सुरुसुरुमा उनको अबस्था सामान्य नै भएपनि अहिले अबस्था एकदमै जटिल बन्दै गएपछि अस्पतालले उक्त बिरामीलाई हेरचाहका लागि परिवारको खोजि गरेको जनाएको छ ।

साथै अस्पतालले परिवारलाई खबर गरि सहयोग गरिदिन समेत सबैमा अनुरोध गरेको छ । उनको अहिले इटहररी अस्पतालमा ईमर्जेन्सी शाखाको आइसोलेशन वेडमा उपचार भईरहेको छ ।