इटहरीः भोजपुर घर भएका एक ५ वर्षीय बालकलाई ब्लड क्यान्सर भएको छ । भोजपुरको टेम्केमयुँङ गाउँपालिका ८ गोगने, साविक वडा नम्बर ९ निवासी सन्तोष राईको ५ वर्षीय छोरा सविन राईलाई क्यान्सर भएको हो । बालक १ वर्ष अघि देखि नै उक्त रोगबाट पिडित हुदैं आएका छन् । उनलाई शुरुमा चितवन क्यान्सर अस्पताल भर्ना गरिएको थियो । तर लामो समय राख्दा पनि निको नभएपछि अहिले कान्तिबाल अस्पताल काठमाडौंमा उपचार भई रहेको बालककी फुपु यशोदा राईले जानकारी दिइन् ।
ती बालकको उपचारमा करिब २० लाख खर्च भईसकेकाले परिवारको आर्थिक अबस्था कमजोर रहेकाले सबैमा सहयोग गरि बचाई दिन समेत फु्पु राईले आग्रह गरेकी छिन् ।
उनले प्रदेश पोर्टल सगँ कुरा गर्दै भनिन् –‘मेरो भदाहाको उपचारमा धेरै रकम खर्च भइसकेको र अझ ठूलो रकम आवश्यक पर्ने भएकोले रकम अभाव भई उपचार हुन नसक्ने स्थिति सृजना भएको हुँदा सम्पूर्ण देश तथा विदेशमा छरिएर रहनु हुने महानुभाव हरुमा सहयोग गरी बच्चाको ज्यान बचाइ दिनु हुन अपिल गर्दछु ।’
बालकलाई सहयोग गर्नका लागि सिद्धार्थ बैंक काठमाडौंमा यशोदा राईको नाममा रहेको खाता नम्बर ०७१५५२१५४१ मा सहयोग गर्न सक्नु हुनेछ । अथवा यशोदा राईलाई ९८१८७०३४५५ मा टेलिफोन गरी सहयोग गर्न पनि सकिने छ ।