इटहरीः बराहक्षेत्रमा रहेको प्रदेश नम्बर १ को होल्डिङ सेन्टरबाट धरान १७ को एन्फा एकेडेमीको क्वारेन्टिन ल्याइएका धरानका २ महिलालाई कोरोना संक्रमण पुष्टि भएको छ । उनिहरुलाई केही दिनअघि कुवेतबाट सुनसरी घर फर्किएका हुन् ।
कुवेतबाट काठमाडौं ओर्लिएर सुनसरीको बराह क्षेत्रमा निर्मित कृष्णदासको आश्रममा रहेको होल्डिङ सेन्टरबाट उनीहरूलाई धरान १७ को एन्फा एकेडेमीको क्वारेन्टिन ल्याइएको थियो । स्वाब परीक्षण गर्दा दुईजनामा संक्रमण पुष्टि भएपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा भर्ना गरिएको छ ।
धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार कोरोना देखिनेमा एकजना ४३ वर्षीया र अर्की ३७ वर्षीया महिला छन् । उनीहरू धरानकै बासिन्दा हुन । दुवै जेठ २९ गते नेपाल आएर जेठ ३२ गते धरान आएका थिए । एन्फा क्वारेन्टिनका ४५ जनाको स्वाब परीक्षण गर्दा दुईजनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालय प्रदेश १ ले जनाएको छ ।