इटहरी :प्रदेश १ मा मंगलबार थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मंगलबार झापाका १२ जना, सुनसरीका ३ जना, मोरङका २ जना, तेह्रथुमका २ जना र ओखलढुंगाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार विराटनगरका १, सुन्दरहरैचाका १ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै झापाको मेचीनगरमा ३ महिला, बुद्धशान्तिमा ३ महिला र ३ पुरुष, हल्दिबारीमा २ महिला, कचनकबलमा १ पुरुष तथा विर्तामोडमा २ पुरुषमा कोरोना देखिएको छ । यसैगरी सुनसरीको धरानमा २ महिला र कोशी गाउँपालिकामा १ पुरुष तथा ओखलढुंगामा १ पुरुषमा कोरोना पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।
योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४८३ पुगेको छ । जसमध्ये २५८ जना डिस्चार्ज भएका छन् ।