धरान :धरान उपमहानगरपालिकाको नगरसभावाट कोभिड १९ को महामारीबाट बच्न नेपाल सरकारले लगाएको लकडाउनको समयअवधि ३ महिनाको कर छुट दिने घोषणा गरेकको छ । साथै लामो समयदेखी विवादमा रहेको खानेपानी संस्थनलाई पनि यहि साउन १ देखी बोर्डमा ल्याउन घोषणा गरेको छ । 

पालिकाको सातौँ नगरसभा आज विपि कोइराला स्वास्थय विज्ञान प्रतिष्ठान धरानको हलमा सुरुवात गर्दै धरान नगर जनताको समस्यालाई मध्यनजर गरेर यो आर्थिक वर्षको कर अर्को वर्षमा समायोजन गर्ने गरि छुटको व्यवस्था गरेको हो । साथै खानेपानी आयोजनालाई संस्थानलाई यहि साउन महिनादेखी बोर्डमा गाभ्ने र संस्थाका कर्मचारीहरु बोर्ड आउन चाहनेहरुलाइ असार अन्तिमसम्म बोर्डमा हाजिर गराई नगरपालीकाले संचालन गर्ने पनि घोषण गरेको छ ।

पाकोकाको आ.व. २०७७/७८ को सातौँ नगरसभावाट १ अर्व ७२ लाख ३५ लाख ४३ हजार ५ सय वरावरको वजेट सार्वजनिक गरेको छ । सातौँ नगरसभामा उपप्रमुख मञ्जु भण्डारीले निति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन । नगर प्रमुख तिलक राइको अध्यक्षतामा भएको सभामा प्रमुख अतिथि प्रदेश नं. १ का सभामुख प्रदिप भण्डारी रहेका थिए । उनले मन्तव्य राख्दै नगर, प्रदेश संघले मिलेर धरानको हितको लागी काम गर्ने प्रतिबद्धता व्यतm गरे । साथै सभालाई प्रदेश सभा सदस्य चन्द्र प्रदेश श्रेष्ठले आफ्नो मन्तव्य राख्दै भने निति तथा कार्यक्रम ल्याउन सहज हुने तर कार्यन्वयन गर्न कठिन हुने वताउदै घाटा वजेट ल्याउन नहुने तर्क राखे ।