इटहरीः आज थप ४३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सगै नेपालमा संक्रमितको संख्या ११ हजार १ सय ६२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले थप ३३१ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।
संक्रमित मध्ये ४८ महिला र ३८६ जना पुरुष रहेको उनले बताए । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २६ पुगेको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको अस्पतालमा आइसीयुमा भर्ना भएका स्याङजाका ५५ वर्षीय पुरुष र ललितपुरको महालक्ष्मीस्थान नगरपालिका बसोबास गर्ने ५० बर्षका पुरुषको मृत्यु स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।
पछिल्लो २४ घण्टामा थप ३१२ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या २६५०जना रहेका छन् । नेपालमा हालसम्म ७६ जिल्लामा कोरोना संक्रमण पुष्टि भएको छ ।