धरानः कोरोना संक्रमण भई धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ अस्पतालमा उपचार गराईरहेका मध्ये आज थप २१ जना निको भई डिस्चार्ज भएका छन् ।

१८ महिना देखि ६० वर्ष सम्मका मोरङका २०, सुनसरीका १ जना सहित जम्मा २१ जना आज डिस्चार्ज भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । उनका अनुसार उनिहरु जेठ २ गते प्रतिष्ठानको आइसोलेशन वार्डमा उपचाररत थिए । प्रतिष्ठानमा हाल ३२ जना उपचाररत छन् भने १७६ जना निको भएर प्रतिष्ठानबाट डिस्चार्ज भएका छन् ।