इटहरी: बिहीबार थप ७ जनामा संक्रमण देखिएसँगै प्रदेश १ मा कोरोना संक्रमतिको संख्या पाँचसय नाघेको छ ।
प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५०३ पुगेको छ ।
सामाजिक विकास मन्त्रालय कोभिड १९ निगरानी तथ्याङ संकलन तथा अनुगमन सचिवालयका संयोजक डाक्टर सरोज विशालका अनुसार बिहीबार विराटनगर महानगरपालिकामा १ जना, झापाको बाह्रदशी गाउँपालिकामा १, सुनसरीको कोशी गाउँपालिकामा २ महिला र एक पुरुषमा संक्रमण देखिएको छ । त्यस्तै दुहबी नगरपालिका र बराहक्षेत्र नगरपालिकामा १–१ जनामा संक्रमण देखिएको हो ।
उो सगैं प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५ सय नाघेको छ । यस्तै प्रदेश १ मा कोरोनााभाइरसबाट निको हुनेको संख्या ३७६ पुगेको छ । बिहीबार मात्र ९१ जनाले कोरोना जितेर घर फर्केका छन् ।