इटहरीः रामधुनी नगरपालिका वडा नं. ६ बक्लौरीको ढेरीगाउँ नगरपालिकाकै स्वामित्वमा रहेको ३ बिघा जग्गामा नगर अस्पताल बन्नु पर्ने माग जनता समाजवादी पार्टीले गरेको छ । स्वास्थ्य मन्त्रालयले रामधुनी नगरमा १५ शैयाको नगर अस्पताल निर्माणकालागी दिएको स्विकृती र बजेट दिएपछि अरु नै स्थानमा अस्पताल निर्माणको काम अगाडी बढाउने कार्य थालेपछि सो पार्टीले यस्तो माग गरेको हो ।
हिजो जनता समाजवादी पार्टी नेपाल रामधुनी नगर समितिले पत्रकार सम्मेल गदै रामधुनी वडा नं. ६ बक्लौरीको ढेरीगाउँ स्थित नगरपालिकाको स्वामित्वमा रहेको ३ बिघा जग्गामा नगर अस्पताल निर्माणकालागी बजेट र स्विकृती दिएकोले सोही स्थानमा बन्नु पर्ने माग गरेको हो ।
नगर अस्पतालकालागी स्वास्थय मन्त्रालय संग योजना स्विकृती माग गर्न सो जग्गाको स्वामित्व विवरण, नक्सा, भौतिक अवस्था र स्थानियतहको सिफारिस पत्र समेत पेश हुँदा स्वस्थय मन्त्रालयले स्विकृति तथा क्रमागत बजेट उपलब्ध गराएकोे पार्टीले पत्रकार सम्मेलनमा दावी गरिएको छ ।
संघिय समाजवादी फोरम नेपाल हाल जनता समाजवादी पार्टिको पहलमा तत्कालिन उपप्रधान तथा स्वास्थ्य जनसंख्या मन्त्री उपेन्द्र यादव रहेको समयमा ३ बिघाजग्गा देखाएकै कारण अस्पतालकालागी मापदण्ड पुगेको र स्विकृत भएको जनता समाजवादी पार्टिका अध्यक्ष रामबहादुर खड्काले पत्रकार सम्मेलनमा बताए ।
मन्त्रालयमा पेश भएका कागजी प्रमाण देखाउदै खड्काले मन्त्रालयबाट स्विकृत भएकै स्थानमा अस्पताल निर्माण थाल्नुको साटो नगरपालिकाले चलखेल गरि अन्य स्थानमा निर्माण कार्य थाल्ने योजना बनाएको सुन्नमा आएकाले नगरपालिकाले त्यसो गरे सोका विरुद्ध कडा आन्दोलन गर्ने चेतावनी खड्काले दिए । उनका अनुसार सो जग्गामा अस्पताल प्रयोजनार्थ २०७५ कार्तिक ६ गते निर्णय भएको छ । जग्गा वडा नं. ६ क को कि.न. ८३ को ५ बिघा ९ कठ्ठा १० धुरबाट ३ बिघा देखाएको थियो ।नगरपालिकाको चलानि नं. ५९१ २०७५ कार्तिक ६ गते पत्रबाट आवश्यक कागजात सहित निर्माण स्थलको यकिनगरी स्वास्थ्य मन्त्रालयबाट योजना तथा कार्यक्रम स्विकृति भई हाल निर्माण कार्य सहरी बिकास तथा भवन निर्माण बिभाग बिराटनगरबाट योजना अगाडी बढिरहेको समयमा जुन जग्गा र स्थान देखाएर स्वीकृति भएको जग्गा चलखेलगरी सो जग्गाको कुनै उच्चारण नगरी स्वास्थ्य चौकीको अपुग जग्गालाई मान्यता दिन नगरपालिका लागिपरेको छ ।
स्वास्थ्य चौकीमा भने थप जग्गा खरिदगरी मापदण्ड पुगाए योजना संचालन हुने भनिएको छ । नगरपालिकाले स्वीकृति गर्दा एउटा जग्गा देखाउने, स्वीकृति भएर आईसकेपछि अर्को स्थान देखाउने प्रबृति, चलखेल र निजि स्वार्थ भएको उनले आरोप लगाएका छन् । यस्ता कार्यले योजना नै गुम्ने सम्भावना रहेको पत्रकार सम्मेलनमा खड्काले जानकारी गराए ।
अस्पताल निर्माण योजनामा जम्मा रु ३७ करोडको रहेको छ । सो मध्ये पहिलो चरणमा रु ४ करोड भन्दा बढीको रकम आईसकेको छ । पहिलो चरणको रकम कार्यान्वयन गर्न यही २०७७ असार सम्म प्रतिवेदन सहितको पहल नभए रकम फ्रिजहुने सम्भावना रहेको छ । यसबाट नगरपालिकाको दिगो बिकासका सोच नरहेको सचिव चन्द्र भुषण झाले बताए । अहिले सानो क्षेत्रफलमा बनाए पछि आउदो दिनमा सेवा सुबिधा बढाउन आवश्यक भए जग्गा अपुग हुने र त्यतिखेर बाध्यताले पुनः भत्काउनु पर्ने अवस्था आउन सक्ने झाको भनाई रहेको छ । जस्को पहलमा अस्पताल निर्माणको योजना आएपनि नगरवासिकै लागी रहेकोले सबै दलका प्रतिनिधिहरुले बुझ पचाउन नहुने उपाध्यक्ष अच्युत तिम्सिनाले बताए ।