इटहरी: शुक्रबार प्रदेश एकमा थप १६ जनामा कोरोरा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५१९ पुगेको छ ।

मन्त्रालय अनुसार बिभिन्न अस्पतालमा गरिएको परिक्षणमा शुक्रबार मोरङमा २ जना, झापामा ४ र सुनसरीमा ४ महिला, ६ पुरुषमा संक्रमण पुष्टि भएको हो । सुनसरीमा देखिएका मध्ये कोसी गाउँपालिकाको क्वारेनटाइनमा ८ जना र देवानगन्ज गाउँपालिकाको क्वारेनटाइनमा २ जना गरी १० जना रहेका छन् ।
हालसम्म सुनसरीमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ८५ पुगेको छ ।

यो सगैं प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५ १९ रहेको छ । यस्तै प्रदेश १ मा कोरोनााभाइरसबाट निको हुनेको संख्या ३९२ पुगेको छ । शुक्रबार मात्रै २२ जनाले कोरोना जितेर घर फर्केका छन् ।