इटहरी: पछिल्लो २४ घण्टामा थप ५५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालका सबै ७७ जिल्लामा नै संक्रमित भेटिएका छन् । पछिल्लो पटक रसुवाका ८ महिला र एक पुरुष गरी ९ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ५ जना कोरोना संक्रमित भेटिएका छन् । काठमाडौंमा एक महिला र तीन पुरुष र भक्तपुरका एक पुरुष्नामा संक्रमण पुष्टि भएको हो ।

सबैभन्दा धेरै बाजुरामा ८६ जना संक्रमित थपिएका छन् । यस्तै डोटीका ७१, प्युठानका ४९, रौतहटका ३४, दाङका ३१, महोत्तरीका ३०, पाल्पाका २६, बैतडीका २४, स्याङजाका २१, अर्घाखाँचीका १८, कैलालीका १४ तथा अछाम र सल्याानका १३÷१३ जनामा संक्रमण पुष्टि भएको छ ।

कपिलवस्तुका ९ जना, बझाङ, डडेलधुरा, बाग्लुङ, रुपन्देही र बाराका ८÷८ जना, सुर्खेत, उदयपुर र गुल्मीका ७÷७ जना, सर्लाही र नुवाकोटका ६÷६ जना, इलाम, स्याङ्जा, कञ्चनपुर र बर्दियाका ५÷५ जना, बाराका ४ जना, धनुषा र धादिङका ३÷३ जना, पर्सा, मोरङ, डोटी, नवलपुर, बाँके, चितवन र मकवापुरका २÷२ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै जाजरकोट, पर्सा, पाँचथर र रोल्पाका एकएक जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
यससँगै संक्रमितको संख्या १२ हजार ३०९ पुगेको छ ।