इटहरी :प्रदेश १ मा शनिबार १४ जना कोरोना संक्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार मोरङका २, इलामका ५ र उदयपुरका ७ जनामा कोरोना पुष्टि भएको हो । यो सँगै प्रदेशमा संक्रमितको संख्या ५सय ३३ पुगेको छ ।

मोरङको बुढिगंगाका १ महिला र १ पुरुष, उदयपुरको त्रियुगाका ३ महिला र ४ पुरुष तथा इलामको सुर्योदयका ५ पुरुषमा कोरोना देखिएको मन्त्रालयको कोभिड १९ निगरानी, तथ्यांक संकलन तथा अनुगमन सचिबालयले जनाएको छ ।

संक्रमितहरुमध्ये शनिबारसम्म ३७७ जना अस्पतालबाट निको भएर डिस्चार्ज भएका छन् ।