खादँबारी: संखुवासभा थप ३ जनामा कोरोना भाईरस संक्रमण भएको पुष्टि भएको छ । चैनपुर २ र धर्मदेवी नगरपालिकाका १ जनामा कोरोना भाईरस संक्रमण भएको पुष्टि भएको हो ।

चैनपुर नगरपालिकाका ४० बर्षिय र ३२ बर्षिय पुरुषको पिसिआर पोजेटिभ आएको हो । त्यस्तै धर्मदेवी नगरपालिकाको ३९ बर्षिय पुरुषको पनि पिसिआर पोजेटिभ आएको हो । उनीहरुको पिसिआर परिक्षण गर्ने क्रममा आज दिउँसो रिपोर्ट पोजेटिभ आएको हो । चैनपुरका ४० बर्षिय पुरुष भारतबाट आएका हुन् भने ३२ बर्षिय पुरुष कुवेतबाट आएका हुन् । धर्मदेवी नगरपालिकाका ३९ बर्षिय पुरुष साउदीबाट आएका हुन् 

उनीहरुको थप उपचारको लागि कोरोना अस्पताल विराटनगर पठाउने तयारी भईरहेको स्वास्थ्य कार्यालयका प्रबक्ता रोषन श्रेष्ठले जानकारी दिए । उनीहरु जिल्ला प्रवेश गर्नसाथ सिधै क्वारेन्टाईनमा पठाईएकोले समुदायमा सर्ने चिन्ता नरहेको श्रेष्ठको भनाई छ । उनीहरुमा कोरोना पुष्टि भएसँगै कन्ट्रयाक हिस्ट्रीको खोजी सुरु गरिएको समेत प्रबक्ता श्रेष्ठले बताए ।

संखुवासभामा यस अघि पनि दुई जनामा कोरोना भाईरस भेटिएको थियो । उनीहरु उपचार पछि घर फर्किसकेका छन् ।