इटहरी:सुनसरीको इटहरीमा एक जनामा कोरोना संक्रमण देखिएको छ । भारतको ब्याङ्लोरबाट इटहरी आएर होम क्वारेन्टाईनमा बस्दै आएकी २० बर्षीय महिलामा कोरोना पोजेटिभ देखिएको हो ।
इटहरी अस्पतालका इमरजेन्सी इन्चार्ज रामकुमार धमलाका अनुसार ती महिलामा कोरोना पोजेटिभ देखिएपनि स्वास्थ्य मन्त्रालयले पुष्टि गर्न बाकीँ रहेको बताए । उनलाई गत १२ गते वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान तिन पटक सम्म स्वाव परीक्षण गरिएको थियो । उक्त महिलामाथि संका लागेपछि इटहरी अस्पतालका प्रमुख डाक्टर मनिस कुमार शर्माले स्वाव परीक्षण गरेका थिए ।
संक्रमित महिलालाई थप उपचारका लागि वीपी प्रतिष्ठान धरान लाने तयारी भईरहेको छ । उनको अबस्था सामान्य रहेको छ ।
साथै धमलाले नगरबासीहरुमा त्रसित नहुन, माक्स लगाउन, भिडभाडमा नजान, भौतिक दुरि कायम गर्न, सावुनपानिले पटक पटक हात धुन र अत्यावश्यक काम वाहेक बाहिर ननिस्कन समेत आग्रह गरेका छन् ।