इटहरी: पछिल्लो २४ घण्टामा नेपालमा थप ४८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ४ हजार ८८६ नमुना परीक्षण गर्दा ४५२ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै अछाममा १३५ जना कोरोना संक्रमित थपिएका छन् । यस्तै, बाजुराका ४३, महोत्तरी ३६, कैलाली २७, सुर्खेत २२, धनुषा २१, कञ्चनपुर र डोटीका २०÷२० जना, बझाङका १८, सल्यानका १५, झापाका १३, बाँके र बर्दियाका ११÷११ जना र लमजुङका १० जना संक्रमित भएका छन् ।

यस्तै, काठमाडौंका १० जना, स्याङ्जा र गुल्मीका ८÷८ जना, कास्की, ललितपुरका ५ जना, गोरखा, बाग्लुङका ३÷३ जना, सिराहा, इलाम, मोरङ, नवलपुर, दाङ, पाल्पा, दैलेख र कालीकोटका २÷२ मा संक्रमण पुष्टि भएको छ । भक्तपुर, ताप्लेजुङ, सुनसरी, नवलपरासी बारा, पर्सा, नवलपरासी, पर्वत, तनहुँ, अर्घाखाँची, जुम्ला, बैतडी र अछामका एकएक जनामा संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए ।

यससँगै संक्रमितको संख्या १४ हजार ४६ पुगेको छ । उनीहरूमध्ये ३० जनाको मृत्यु भएको छ भने ४ हजार ६५६ जना डिस्चार्ज भई घर फर्किसकेका छन् ।