धरानः धरान १६ लेखनाथ चौकमा अवस्थित नवोदय मा.वि.को सम्पुर्ण स्वामित्व युएन नवोदय कलेजले लिएर यसै शैक्षिक शत्रबाट नयाँ व्यवस्थापन सहित युएन नवोदय कलेजले संचालन गर्ने विहिवार कलेजमा पत्रकार सम्मेलन गर्दै जानकारी गराएको छ ।
यो भन्दा पहिले एउटै स्कुलमा संचालित कक्षा ११, १२ र प्ले ग्रुपदेखि १० सम्म फरक फरक संचालक समितिले संचालन गर्दै आएकोे थियो ।

यो शैक्षिक शत्रबाट सो प्ले ग्रुपदेखि कक्षा १० सम्मको पनि कक्षा ११ र १२ संचालन गर्ने समितिले नै ग्रहण गरेको हो । नयाँ संचालक समिति आएपनि स्कुलको नाम पुरानै नवोदय विद्या मन्दिर इङलिस बोर्डिङ स्कुल रहने छ भने विद्यालयको पोशाक परिवर्तन गर्ने संचालक समितिका अध्यक्ष ज्ञानेश्वर झाले वताएका छन ।

नयाँ संचालक समितिले अविभावकको समस्यालाई मध्यनजर गर्दै विद्यालयले पोशाक निःशुल्क दिने घोषणा गरेको छ । सो स्कुलमा अहिले करिव ४ सय ५० जना विद्याथी रहेका छन । अव नया संचालक समितिले स्कुलमा नयाँ विधि, प्रविधि र प्रक्रियाबाट अध्यापन गराउने यु एन नवोदय कलेलका प्रिन्सिपल डम्बर तुम्बाफोले वताएका छन ।