इटहरी: सुनसरीको इटहरीमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जनता क्याम्पसको क्वारेन्टाईनमा रहेका ३ पुरुषमा संक्रमण पुष्टि भएको इटहरी अस्पतालका प्रमुख मनिस कुमार शर्माले जानकारी दिए ।
संक्रमित तीनै जना कतार कुवेत, साउदीबाट आई सुनसरीको होल्डिङ एरिया चतरामा बसेर गत ११ गते इटहरी आई क्यारेन्टिनमा बसेका थिए । उनीहरुको स्वाव परीक्षणका लागि १२ गते वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएकोमा तिनै जनाको पोजेटिभ रिपोर्ट आएको प्रमुख शर्माले बताए । संक्रमित हुनेमा ३५,४३,४६ वर्ष उमेर समुहका रहेका छन् । उनीहरु इटहरी वडा नम्बर १ का २ जना, अर्का एक ब्यक्ति ४ नम्बर वडाका हु्न ।
उनीहरुलाई केही बेरमा मोरङको पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँमा लगि थप उपचार गर्ने तयारी भईरहेको छ । यो सगैं इटहरीमा मात्रै कोरोना संक्रमितको संख्या ६ पुगेको छ । हिजो मात्रै वडा नम्बर २० तरहराकी २० वर्षीय महिलामा कोरोना देखिएको थियो । यता सुनसरीमा कोरोना संक्रमितको संख्या ९२ जना पुगेको छ ।