इटहरी : शुक्रबार नेपालमा ७४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना भाइरस संक्रमितको संख्या १५ हजार २ सय ५९ पुगेको छ ।
मन्त्रालयका अनुसार अहिलेसम्म प्रदेश १ मा ६ सय ७४, प्रदेश नम्बर २ मा ३ हजार ९ सय ९५ र बागमती प्रदेशमा ५ सय ७ जनामा कोरोना पोजेभि देखिएको छ । यस्तै, गण्डकी प्रदेशमा ११ सय १८, प्रदेश नम्बर ५ मा ३ हजार ८ सय ९१, कर्णाली प्रदेशमा १ हजार ५ सय ३९ र सुदूरपश्चिम प्रदेशमा ३ हजार ५ सय ३५ जनामा संक्रमण देखिएको छ ।
कोरोना भाइरस संक्रमण निको भएर डिस्चार्ज हुनेको कुल संख्या ६ हजार १ सय ४३ पुगेको छ ।
यसैगरी कोरोनाबाट काठमाडौं नयाँ बानेश्वरका ८५ वर्षीय पुरुषको मृत्यु भएको छ । उनको असार १७ गते मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३२ पुगेको छ ।