इटहरी: सुनसरीमा छुट्टा छुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।

ईटहरी उपमहानगरपालिका– ७ की २० बर्षीया स्वस्तिका चौधरीको मोटरसाईकल दुर्घटनामा परी मृत्यु भएको छ ।

शुक्रबार साँझ ५ बजे ईटहरी– १७ स्थित राजमार्गमा को ११ प २६५८ नम्बरको मोटरसाईकलले को २३ प ५५५६ नम्बरको मोटरसाईकललाई पछाडीबाट ठक्कर दिदा को २३ प ५५५६ नम्बरको मोटरसाईकल पछाडी सवार चौधरीको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते चौधरीको उपचारको क्रममा नोबेल मेडिकल कलेज विराटनगरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।


यस्तै शुक्रबार अपरान्ह साढे ४ बजे सुनसरी बर्जु गाउँपालिका– २ स्थित विराटनगर सितागञ्ज सडकखण्डमा ना ७ ख २६२६ नम्बरको टिप्परलेले २ ह ३२४२ नम्बरको अटो टेम्पोलाई ठक्कर दिदा अटोमा सवार रहेका ५५ वर्षीय शिवु महत्तोको मृत्यु भएको हो ।