इटहरीः शुक्रबार दिउँसो इटहरीमा सुनसरीका निजी विद्यालयका शिक्षकहरुले शान्तीपुर्ण र्यालि निकाले । करिब ३ सय शिक्षकहरु सहभागी भएको र्यालि इटहरी उपमहानगरपालीका अगाडि कोण सभामा परिणत भयो । कोण सभामा बोल्न आएका धरानका शिक्षक जितेन तामाङ ट्राउजर, टिसर्ट र जुत्तामा थिए । आफ्नो हुलिया देखाउँदै उनले भने, ‘यहाँहरुले हेरिहनु भएको छ मेरो पहिचान ट्राउजर जुत्ता हेरेर तपाँइले हामी शिक्षक पेशामा आबद्ध भएर कत्ति दुःख भोगिरहेका छौँ थापा पाउनु भयो होला ।’

तामाङले आफूले चैत्र ११ बाट सुरु भएको लकडाउन भन्दा अगाडिबाट तलब नपाएको बताए । उनले भने, ‘मैले तलब नपाएको माघबाट हो ।’ छ महिना तलब नपाएका तामाङ मात्रै हैन अन्य बक्ताहरुले निजी विद्यालयका शिक्षकहरुले तलब नपाएर तनावमा भएको बताए ।
संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु)को आयोजनामा भएको कार्यक्रममा बोल्ने बक्ताहरु हेमन्तमणि दाहाल, राम गौतम, विद्याभुषण गुप्ता, इन्दिरा सर्मा लगायतका शिक्षकहरुले तलब नदिएर शिक्षकहरुलाइ पीडा भएको तर्क गरे ।

‘हामीले नाफा मागेको हैन । हामीले योग्यताले काम गरेर पाउनुपर्ने तलब मात्रै मागोको हो’, शिक्षक दाहालले बताए ।
इस्टु सुनसरी अध्यक्ष युवराज श्रेष्ठले अब निजी विद्यालयका सबै शिक्षक र कर्मचारीहरुले साझा आन्दोलन गर्ने बताए । उनले भने, ‘अबको आन्दोलन हामी स्थानिय सरकार लक्षित गर्नेछौँ ।’ शिक्षकहरुको आन्दोलनका माग पुरा नहुन्जेल अनलाइन कक्षाहरु समेत संचालन नहुने श्रेष्ठले बताए ।

शान्तीपुर्ण र्रयालीमा करिब ३ सय निजि विद्यालयका शिक्षक उपस्थित रहेका थिए । उनीहरुको हातमा सरकार तिमि कहाँ छौं ?, सरकार दायित्व पुरा गर, हाम्रो तलबको ब्यबस्था गर,अभिभावक प्रति जिम्मेवार छों, लगायतका नारा लेखिएका प्लेकार्ड लिएर प्रर्दशन गरेका थिए ।

istu 33 istu2] istu 4