इटहरी: पछिल्लो २४ घण्टामा थप २९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै कञ्चनपुरमा ३२ जना संक्रमित थपिएका छन् । यस्तै रौतहटका २९ जना, काठमाडौं, धनुषा र कैलालीका २७÷२७ जना, बाजुराका २०, सल्यान १५, सुर्खेत र महोत्तरीका १२÷१२ जना र प्युठानका ११ जना छन् ।

डडेलधुराका ९ जना, सर्लाही र दैलेखका ७/७ जना, बर्दियाका ५ जना, रुकुम पश्चिम, अर्घाखाँची र बैतडीका ४र४ जना, डोटीका ३ जना, ताप्लेजुङ, झापा, मोरङ, कपिलवस्तु, रुपन्देही तनहुँ, कास्की, नुवाकोट, रामेछाप, सिन्धुपाल्चोक र ललितपुरका २÷२ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै पाँचथर, सिराहा, पर्सा, मकवानपुर, बाँके, भक्तपुर, सल्यान, इलाम, म्याग्दी, धादिङ, बाग्लुङ, लजजुङ, गोरखा, नवलपरासी, स्याङ्जा र अछाममा एक÷एक जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।
यससँगै संक्रमितको संख्या १५ हजार ७८४ पुगेको छ । उनीहरु मध्ये ३५ जनाको मृत्यु भएको छ भने ६ हजार ५४७ जना डिस्चार्ज भएका छन् ।