मोरङ: मोरङको कटहरी गाउँपालिका–७ स्थित जुडी खोलामा बेपत्ता भएकी बालिका मृत फेला परेकी छिन् ।

शनिबार दिउँसो दिदीसँग नुहाउन खोलामा पुगेकी प्रधुम्न सरदारकी ६ वर्षीया छोरी दीक्षाकुमारीलाई पौडी खेल्ने क्रममा खोलाले बगाउँदा बेपत्ता भएकी हुन् ।

खोलाले बगाएर बेपत्ता भएकी उनलाई नेपाली सेना, सशस्त्र र नेपाल प्रहरी तथा स्थानीयले खोजी गर्ने क्रममा आइतबार बिहान बगाएको स्थान भन्दा करिब तीन किलोमिटर तल बाँस झ्याङमा अड्किएको अवस्थामा बालिकालाई मृत फेला पारिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए ।