इटहरी : सुनसरीको इटहरी वडा नम्वर ६ स्वागत टोलका महिला कौशीखेतीमा आकर्षित भएका छन् । उनीहरुले कौशीखेती गर्न २ वटा समूह नै निर्माण गरेर कौशीखेती सुरु गरेका हुन् ।

वजार क्षेत्रका महिलामा कौशीखेती प्रति आकर्षण देखेर इटहरी उपमहानगरले स्वागत टोल विकास सस्था मार्फत ३० जना महिलालाई कौशीखेती सम्वन्धि तालिम दिएर आवश्यक समाग्री समेत उपलब्ध गराएको छ । उपमेयर आत्मनिर्भर कार्यक्रम अन्र्तगत तालिम दिएर आवश्यक समाग्री डमस्टेन,हजारी र मलविउ उपलब्ध गराइएको हो ।

उपमेयर लक्ष्मी गौतम तथा वडा नम्वर ६ का अध्यक्ष दिपक गौतमले उक्त सामग्री एक कार्यक्रमको आयोजना गरि वितरण गरेका छन् । उपमेयर गौतमले इटहरीलाई तरकारीमा आत्मनिर्भर वनाउने योजना अन्र्तगत वजारका महिलालाई कोैशीखेतीका लागि तालिम र आवश्यक समाग्री सहयोग गरिएको वताइन् ।

उनले नमूनाकौशी खेती गर्न समेत सल्लाह दिएकी थिइन् । वडाध्यक्ष दीपक गौतमले वजार क्षेत्रमा ठाँउ सुहाउँदो काम अघि वढेकोमा खुशि ब्यक्त गरे । उनले वडाका एकसय पचास घर लक्षित गरेर कौशीखेतीका लागि ब्यवस्थित र सुदृढ तालिम प्रदान गरिने वताए ।

उपमहानगर सामाजिक विकास शाखाकी अधिकृत मायाँ राईले कौशीखेतीवाटै पहिचान वनाउन शुभकामना दिएकी थिइन् । स्वागत टोल विकास सस्थाकी अध्यक्ष भद्रा थापाले तालिममा सिकेको ज्ञानलाई ब्यवहारमै उर्तान सुझाव दिएकी छिन् ।

106624617_10219027051399971_3232644564582308858_n