इटहरी : सुनसरीको रामधुनी नगरपालिकामा थप एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
रामधुनी नगरपालिकाको क्वारेनटाइनमा रहेका उनको पिसिआर परीक्षण गर्न बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा लगिएको थियो । उनको आज ( सोमबार) रिपोर्ट पोजेटिभ आएको रामधुनी नगरपालिका प्रमुख जय प्रकाश चौधरीले बताए ।
उनी केही दिन अघि मात्रै भारतबाट आएका हुन् । संक्रमित पुरुषलाई थप उपचारका लागि विराटनगर स्थित कोभिड १९ अस्पताल लगिसकिएको छ ।
यो संगै सुनसरीमा कोरोना सङ्क्रमितको सङ्ख्या ९३ पुगेको छ । संक्रमितहरु मध्ये ७५ जना निको भई घर फर्कि सकेका छन् ।