इटहरी : पछिल्लो २४ घण्टामा थप १८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा २४ जना कोरोना संक्रमित थपिएका छन् । यस्तै ललितपुरका २० जना, लमजुङका ११, भक्तपुरका १०, सप्तरी, कैलाली, र कास्कीका ८÷८ जना, गोरखाका ७, बाग्लुङ, सर्लाही र रौतहटका ६÷६ जना, सिन्धुपाल्चोक, नवलपरासी, मकवानपुर, डडेलधुरा, झापाका ५÷५ जनामा पनि संक्रमण पुष्टि भएको छ ।

यस्तै प्युठान र काभ्रेका ४÷४ जना, ओखलढुंगा, खोटाङ, चितवन र पाल्पाका ३÷३ जना, सिराहा, सुनसरी, दोलखा, सिन्धुली र दाङका २÷२ जना तथा नुवाकोट, चितवन, बारा, जाजरकोट, जुम्ला, धादिङ, नवलपुर, संखुवासभा, ताप्लेजुङ, अर्घाखाँची र उदयपुरका एकएक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट निको भई घर फर्किनेको संख्या २६४ रहेको छ । डिस्चार्ज हुनेको कुल संख्या ६ हजार ८११ पुगेको छ ।
यससँगै संक्रमितको संख्या १५ हजार ९६४ पुगेको छ । उनीहरुमध्ये ३५ जनाको मृत्यु भएको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।