इटहरी: पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएका गोरखाका १ युवकमा कोरोना भाइरस संक्रमण देखिएको छ ।
गोरखा भीमसेन थापा गाउँपालिकाका २७ वर्षीय ती पुरुष आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेका थिए । थप उपचारका लागि उनलाई पाटन अस्पताल ल्याइएको थियो ।
उनको गएराति मृत्यु भएको पाटन अस्पतालका निर्देशक कृष्णप्रसाद शर्माले जानकारी दिए । मृत्युपछि परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको निर्देशक शर्माले बताए ।