धनकुटा : इस्टर्न नेपाल युथ एसोसीएसन अफ मकाओले धनकुटा हिलेका तिन ब्याक्तिलाइ आर्थिक सहयोग गरेको छ ।

हिले फुटबल क्लबको संयोजनमा स्वास्थ्य उपचारमा समस्या भएका मृगौला पिढित लक्ष्मी बर्देबा, सबारी दुर्घटनामा परेका किरण शाक्य र लडेर करङ भाचिएका महाबिर बिक लाइ सहयोग गरेका हुन् । बेर्देबालाइ ८५ हजार, शाक्य र बिक लाइ १५, १५ हजार नगद तथा पौष्टिक आहार, स्वास्थ्य सामाग्री खाद्यान्न फलफुल गरी कुल एकलाख ४० हजार रुपैया बराबरको सहयोग गरीएको हिले फुटबल क्लबका सचीब अर्जुन शाहि ठकुरीले जानकारी दिए ।

सो रकम तथा सामाग्री पिढितका परीबारलाइ धनकुटा नगरपालिका वडा नम्बर एकका बडाध्यक्ष निरेन तामाङ्गले हस्तान्तरण गरे । करङ भाचिएका महाबिर बिकको सम्पुर्ण स्वास्थ्य उपचारमा लाग्ने खर्च समेत क्लबले गर्ने समेत जनाइएको छ । सहयोग गर्ने इस्टर्न नेपाल युथ एसोसीएसन अफ मकाओमा रहेको नेपालिको एक संस्था हो । सो संस्थामा आबद्द हिलेका सुवास घिसिङ्ग, कबिन्द्र शाक्य, जिबन श्रेष्ठ तथा सञ्जीब बम्जनले आर्थिक सहयोग गरेका हुन् ।

help 2