इटहरी :इटहरी वडा नम्वर ६ स्वागत टोलका महिला कौशीखेतीमा आकर्षित भएका छन । उनीहरुले कौशीखेती गर्न २ वटा समूहनै निर्माण गरेका छन ।

वजार क्षेत्रका महिलामा कौशीखेती प्रति आकर्षण देखेर इटहरी उपमहानगरले स्वागत टोल विकास सस्था मार्फत ३० जना महिलालाई कौशीखेती सम्वन्धि तालिम दिएर आवश्यक समाग्री समेत उपलब्ध गराएको छ । उपमेयर आत्मनिर्भर कार्यक्रम अन्र्तगत तालिम दिएर आवश्यक समाग्री डमस्टेन,हजारी र मलविउ उपलब्ध गराइएको हो ।

उपमेयर लक्ष्मी गौतमले इटहरीलाई तरकारीमा आत्मनिर्भर वनाउने योजना अन्र्तगत वजारका महिलालाई कोैशीखेतीका लागि तालिम र आवश्यक समाग्री सहयोग गरिएको वताइन् । उपमहानगरले आगामी वर्षको वजेटमा समेत १५ लाख रुपियाँ कौशीखेतीका लागि प्रस्ताव गरिएको वताइन् । वडा नम्वर ६ का वडाध्यक्ष दीपक गौतमले वजार क्षेत्रमा ठाँउ सुहाउदो काम अघि वढेकोमा खुशि ब्यक्त गरे ।

उनले वडाका एकसय पचास घर लक्षित गरेर कौशीखेतीका लागि ब्यवस्थित र सुदृढ तालिम प्रदान गरिने वताए । उपमहानगर सामाजिक विकास शाखाकी अघिकृत मायाँ राईले कौशीखेतीवाटै पहिचान वनाउन शुभकामना दिनुभयो । स्वागत टोल विकास सस्थाकी अध्यक्ष भद्रा थापाले तालिममा सिकेको ज्ञानलाई ब्यवहारमै उर्तान सुझाव दिइन्