इटहरी: सुनसरीका १२ स्थानीय तहमध्ये कानुन बनाउन इटहरी उपमहानगरपालिका अगाडी देखिएको छ ।
१२ वटा स्थानीय तहमध्ये इटहरी उपमहानगरपालिकाले सबैभन्दा धेरै ४० भन्दा बढी कानुन बनाएको छ ।
इटहरीले भवन निर्माणको सम्बन्धमा भवन ऐन २०७५ बनाएर आफ्नो क्षेत्र भित्र निर्माण हुने भवनलाई व्यवस्थित बनाउन कानुन ल्याएको छ ।
यस्तै स्थानीय तह गठन भएको छोटो समयमै इटहरी उपमहानगरपालिका कानुन निर्माण तथा कार्यान्वयनमा मौलिकता दिएको छ ।
कानुन बनाउँदा अन्य स्थानीय तहको जस्तो सङ्घीय सरकारको कानुनको मस्यौदा पर्खिने नगरेको बताउँदै उपमेयरको संयोजकत्वमा ७ जनाको कानुन मस्यौदा समिति गठन गरेर मौलिक रूपमा इटहरीले कानुन बनाउने गरेको उनी उपमेयर लक्ष्मी गौतम बताउँछिन् ।

अन्य स्थानीय तहको न्यायिक समितिको कार्यविधि नबनाउँदा इटहरीले कानुन बनाएर काम सुरु गरी सकेको थियोु उपमेयर गौतमले भनिन् पछि हामीले बनाएको कानुन मस्यौदाको रूपमा सङ्घीय मन्त्रालयले समेत हाम्रो कानुनको मस्यौदा पठाएका थियौ ।

गौतमले कानुन विज्ञसँग परामर्श गरी कानुन निर्माण गरिएको उपमेयर लक्ष्मी गौतमको भनाइ छ । देश का अन्य ठुला पालिकाहरू भन्दा उत्कृष्ट कानुन बनाएको गौतम दाबी गर्छिन् ।

इटहरी उपमहानगरले कानुन निर्माण गर्दा कानुन विज्ञ सँग सहकार्य गर्ने र विभिन्न समिति र उपसमितिमा समेत छलफल गरेर कानुन निर्माण गरिएको उपमेयर गौतम बताउँछिन् ।