इटहरी :सुनसरीको इटहरीमा नेपालकै पहिलो स्मार्ट पार्किङ्ग बन्ने भएको छ ।
बढ्दो शहरीकरण र जनसंख्याको चाप सँगै सवारी साधनहरूको व्यवस्थापनको लागि आगामी वर्ष निर्माण कार्य सञ्चालन गर्ने गरी इटहरी उपमहानगरले स्मार्ट पार्किङको योजना ल्याएको हो ।

चालु आर्थिक वर्षमा निर्माण कार्य सुरु गर्नु भनेपनि कोरोना भाईरसका कारण काम सुरु हुन सकेको छैन । संघीय सरकारको ५ करोड २५ लाख अनुदान पाएपनि लकडाउनका कारण उक्त निमार्णको काम शुरु नसकेको इटहरी उपमहानगरपालिका उपमेयर लक्ष्मी गौतमले जानकारी दिइन्

इटहरी क्षेत्रमा सवारी पार्किङको बढदो समस्यालाई ध्यानमा राख्दै उपमहानगरले स्मार्ट पार्किङको योजना पुनः ब्युताएको छ । पार्किङ निर्माणका लागि उपमहानगरले रू ५ करोड २५ लाख आगामी आर्थिक वर्षको बजेटमा समावेश गरिएको छ ।

इटहरीमा स्मार्ट पार्किङको योजना सँगै हालै सम्पन्न सातौ नगरसभाले शहरलाई आर्थिक रूपमा बलियो बनाउन र समृद्धि शहरको रूपमा बिकास गर्न दर्जनौ बिकाशका योजनाहरू ल्याएको छ ।

उक्त स्मार्ट पाकिङ्ग इटहरी मुख्य चौक पुर्व टेग्रा पुल छेउमा करिब २ कठ्ठा जग्गामा निमार्ण हुन लागेको हो । स्मार्ट पार्किङ्ग ३ तलाको बन्नेछ, जसमा एक पटकमा करिब ५० वटाको हाराहारीमा गाडी पाकिङ्ग गर्न सकिने छ ।