इटहरी: बिहीबार नेपालमा थप १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ५ सय ८८ वटा पीसीआर परीक्षणमा १०८ जनामा संक्रमण देखिएको हो ।
बिहीबार १ सय ३९ जना डिस्चार्ज भएका छन् । बिहीबारसम्म कुल ७ हजार ८ सय ९१ जना कोरोना संक्रमण निको भइ डिस्चार्ज भएका छन् ।
यो सगैं नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ५३१ पुगेको छ । कोरोना संक्रमणबाट ३५ जनाको मृत्यु भएको छ ।