इटहरी: सुनसरीको धरान स्थित वीपी कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा उपचाररत कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुने सप्तरी जिल्लाको राजविराज नगरपालिका ६ का ७३ वर्षीय पुरूष रहेका छन् । उनको गए राति १० बजे मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । मृतकको शव प्रतिष्ठानको मर्चरीमा राखिएको छ । शवको व्यावस्थापनका लागी नेपाली सेनासंग समन्यन भइरहेको जनाइएको छ ।

स्वास्थ्य कार्यालय सप्तरीका अनुसार उनी सप्तरीको कुनै क्वारेनटाइनमा बसेको रेर्कड नभएको बताईएको छ । उनको कोरोना परिक्षण पनि धरानमै भएको बताईएको छ । प्रदेश १ मा कोरोना संक्रमितको मृत्यु भएको यो पहिलो घटना हो ।