बराहक्षेत्र :सुनसरी जिल्ला नेपालको ५६ औं खुल्ला दिशा मुक्त जिल्ला हो भने केही समय अगिमात्र मुलुक नै पनि खुल्ला दिशा मुक्त घोषणा भइसकेको छ। तर अझैपनि विभिन्न समुदायका स्थानीयको व्यबहारमा खुल्ला दिशा मुक्त नभएको प्रशस्त उदाहरणहरु देखिन्छन।

सुनसरीको बराहक्षेत्र नगरपालिका ४ मा पर्ने दस बिघे पुल छेउको नयाँ पोलेटिन (टोल)मा मात्र ६ परिवारका ३४ जना सदस्य शौचालय बिहिन अबस्थामा छन्।

उक्त स्थान नया संरचना आउनुपुर्व खुल्ला दिशा मुक्त क्षेत्र घोषणा भैसकेको साबिक भरौल गाबिसमा पर्दछ। स्थानीयहरुको बुझ्ने भाषामा सो ठाउलाई निलम खनाल पोलेटिन भन्ने गरिएको स्थानीयले बत्ँए।
स्थानीय बिन्दे श्री ठाकुरका अनुसार बर्षौदेखी शौचालयको बिषयमा वडा कार्यलयमा गुनासो राखेको भएपनी अहिलेसम्म कुनै सुनुवाइ नभएको उनको गुनासो छ। आर्थिक र शैक्षिक रूपमा बिपन्न रहेका उक्त स्थानका बासिन्दाहरुलाई वडाको बजेट कहाँ र कसरी खर्च भैरहेको छ भन्ने बारेमा अनवीज्ञ रहेको उनको भनाई छ।

मधेसी समुदायको चौधरी, ठाकुर रहेको सो टोलमा ५÷६ घरको आफ्नै शौचालय छ भने शौचालयबिहिन परिवारले वडा लगायतमा आफ्नो गुनासो राखेको भएपनी कसम्बन्धित निकायले वास्ता नगरेको स्थानीयहरुको गुनासो छ। यसअगि एउटा एनजीओले गर्भवती महिला भएको परिवारलाई ट्युवेल बितरण गरिदिएको र शौचालयको कुरा पनि राखेको भएपनि अहिले सम्म कुनै काम नभएको स्थानीयहरुले बताएका छन।

यसै सन्दर्भमा यस क्षेत्रका वडा अध्यक्ष आशाराम चौधरीले भने गैरजिम्मेवारीपुर्ण जवाफ दिएका छन। उनले भने, मलाई यो बिषयमा थाहै छैन, र पनि शौचालय बनाइदिने काम वडाले गर्दैन।