इटहरी :जन्मदिनको अवसर पारेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) इटहरी नगर कमिटिका सदस्य युवा जितेन्द्र थापाले बालबालिका अथाथ आश्रममा सहयोग गरेका छन् । लायन्स क्लब अफ इटहरी एक्टिभ को आयोजनामा इटहरीमा रहेको आश्रमलाई करिब १५ हजार बराबरको नगद सहित जिन्सी सहयोग गरेका हु्न्।
क्लबका सदस्यहरुले आफ्नो खुशीका पलहरु समाजमा बाडेर खुशी मनाउँ भन्ने उदेश्यले लायन्स क्लब अफ इटहरी एक्टिभका सदस्य थापाको शुभ जन्मदिनको अवसरमा नगद र जिन्सी सामाग्री निसाहय बाल आश्रमकी संञ्चालिका गिता गौतमलार्इ हस्तान्तरण गरिएको थियो।
सहयोग कार्यक्रमको अध्यक्ष लायन्स क्लब अफ इटहरी एक्टिभकी संस्थापक अध्यक्ष रन्जु सिग्देल रहेकी थिइन् । त्यस्तै प्रमुख अतिथि फस्ट डिस्ट्रीक भाइस गभर्नर रेबत कार्की रहेका थिए ।
कार्यक्रममा लायन लिडरहरु उदय नारायण बराल,राजेन्द्र केशरी घिमिरे ,रमेश खत्री,थानेश्वर ढकाल, लक्ष्मी बराल, लियो अध्यक्ष उज्ज्वल सिग्देल आदिको उपस्थिति रहेको थियो।