संखुवासभा: संखुवासभाको सिलिचोङ गाउँपालिका–१, सिसुवाखोला पहिरो पिडितहरुलाई आज थप राहत संकलन भएको छ । पहिरो पिडितलाई संखुवासभा निर्माण व्यवसायी संघ र आमा फुजुङ्ग कन्स्ट्रक्सन एण्ड सप्लायर्सले जिल्ला समन्वय प्रमुख मार्फत राहत हस्तान्तरण गरेको छ । 

सिसुवाखोला बेसिन्दा र चेप्चेवा पहिरो पिडितलाई राहत पु¥याउने लक्षले संखुवासभा निर्माण व्यवसायि संघले ५० हजार ५० रुपैयाँ हस्तान्तरण गरेको छ ।

संघका अध्यक्ष कुलबहादुर श्रेष्ठले जिल्ला समन्वय प्रमुख सुमन शाक्यलाई उक्त खाद्यान्न सामग्री हस्तान्तरण गरेका हुन् । त्यसैगरी आमा फुजुङ्ग कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रा.लि.ले ५ बोरा चामल, २५ केजी दहाल, ५० पोका नुन र ४० लिटर खाने तल हस्तान्तरण गरेको छ । आमा फुजुङङ्गका संजय घिमिरेले समन्वय प्रमुखलाई हस्तान्तरण गरेका हुन्।

‘पहिरो विस्थापितलाई सिलिचोङ गाउँपालिका–२ सिसुवाटारको बुधबारे बजारमा ४५ परिवारलाई अस्थायी बास निर्माण गरी राखिएको छ । त्यस्तै, चित्रेमा ५७ परिवारलाई अस्थायी बास निर्माण गरी राखिएको छ । अस्थायी बसोबासमा सुरक्षाकर्मीको टोलीले सुरक्षा दिइरहेका छन् । बेसिन्दा गाउँको पहिरोले जमिन चिरा–चिरा भएर फाटेको छ । यो क्षेत्र भौगोलिक रुपमा समेत चिन्ताजनक रुपमा रहेको हुँदा गाउँभरिका एक सय १६ जना परिवारलाई सुरक्षित रुपमा राखिएको छ । गत असार २८ गते सिलिचोङ गाउँपालिका–१ को बेसिन्दा गाउँमा गएको पहिरोमा परेर ११ जना हराइरहेका छन् ।