इटहरी: सुनसरीको इटहरीमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एक जना इटहरी २ का हुन् भन्ने अर्का एक जना विराटनगरका पुरुष हुन् ।

इटहरी घर भएका पुरुष बहराइनबाट केही दिन अगाडी इटहरी आई जनता क्याम्पसको क्वारेन्टिमा रहेका थिए । उनको स्वाव परिक्षणका लागि प्रादेशिक अस्पताल विराटनगरमा चेकजाचँ गर्दा कोरोना पोजेटिभ देखिएको इटहरी अस्पतालका इमरजेन्सी शाखा प्रमुख राम कुमार धमलाले जानकारी दिए ।

विराटनगर घर भएका अर्का संक्रमित केही दिन अघि एक केसमा अनुसन्धानका लागि इटहरीमा रहेको राजस्व अनुसन्धान कार्यालयले सोधखोजका लागि क्वारेन्टिनमा राखेको थियो । उनलाई गत साउन ६ गते स्वाव परिक्षण गदा कोरोना पोजेटिभ देखिएको होे ।

हाल दुवै जना इटहरीको जनता क्वारेन्टिनमा रहेका छन् । उनीहरु दुवै जनालाई थप उपचारका लागि गोठगाउँमा रहेको कोभिड अस्पताल लैजाने तयारी भइरहेको डाक्टर धमलाले बताए ।
यस्तै रामधुनी नगरपालिकाको क्वारेन्टिनमा पनि ३ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो सँगै सुनसरीमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या १ सय २५ पुगेको छ ।

सुनसरीमा अहिले सम्म निको हुनेको सङ्ख्या १ सय पुगेको छ ।