इटहरी: सुनसरीको इटहरी स्थित इलाका प्रहरी कार्यालय इटहरीका प्रहरीहरुसँग सम्पर्कमा आएका एक व्यक्तिमा कोरोना पोजेटिभ देखिएपछि प्रहरीले उच्च सतर्कता अपनाएको छ ।

विराटनगर ६ घर भएका २५ वर्षीय युवालाई राजस्व चुहावटको आरोपमा गत साउन ४ गते सशस्त्र प्रहरीले पक्राउ गरेको थियो । लगत्तै उनलाई इलाका प्रहरी कार्यालय इटहरीमा सोही रात अन्य थुनुवा सगैं राखिएको थियो ।

राजस्व अनुसन्धान विभागको कार्यालय इटहरीको नियन्त्रणमा रहेका ती व्यक्तिको प्रादेशिक अस्पताल विराटनगरमा पिसिआर चेक गर्दा कोरोना पोजेटिभ पाइएको हो ।

सगैं बसेका पुरुषमा कोरोना पुष्टि भएपछि इलाका प्रहरी कार्यालय इटहरी उच्च सतर्कता अपनाउँदै थुना कोठामा रहेका अन्य ८ जनाको स्वाव परीक्षण लिने तयारी गरेको छ । । इलाका प्रहरी कार्यालय इटहरी प्रहरी प्रमुख डिएसपी धर्मराज भण्डारीका अनुसार थुनुवासँगै अन्य ५जना प्रहरीको पनि पिसिआर परिक्षण गर्ने तयारी छ ।

युवकलाई मोरङको गोठगाउँस्थित आइसोलेसन वार्डमा राखि उपचार सुरू गरिएको इलाका प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ ।
संक्रमित युवा शुक्रबार इटहरीका २ जना ब्यक्तिमा कोरोना पोजेटिभ देखिएका मध्ये एक हुन् ।