इटहरी: सुनसरीको इटहरीमा विभिन्न संस्थाले आयोजना गरेको रक्तदान कार्यक्रम १ सय ११ प्रिन्ट रगत संकलन भएको छ । कोरोना संक्रमणको जोखि रहेका बेला अस्पतालमा रगतको अभाव हुन नदिनका लागि इटहरीका ९ ओटा संघसंस्थाले कार्यक्रमको आयोजना गरेका हुन् ।
नेपाल रेडक्रस सोसाइटी रक्त संचार केन्द्र धरानमा जम्मा हुने रगत मध्ये ४० प्रतिशत रक्तदान कार्यक्रम मार्फत इटहरी क्षेत्रबाट संकलन हुने गरेको भएपनि पछिल्लो समयमा रक्तदान कार्यक्रम न्युन मात्रामा भएको तर्फ मध्यनजर गर्दै रक्तदान कार्यक्रम आयोजना गरिएको लायन्स क्लव अफ इटहरी स्मार्टसिटीकी अध्यक्ष लक्ष्मी बराल गौतमले जानकारी दिइन् ।
उक्त कार्यक्रम लायन्स क्लव अफ इटहरी अन्र्तगत स्मार्ट सिटी, एक्टीभ ,सेन्टर ,सिटीजन तथा कृष्ण प्रणामी युवा परिषद , रेडीमेट व्यवसायी संघ, एक्स्पर्ट फाउण्डेशन, एक्सेल डेभलवमेन्ट बैक, रोटर्याक्ट क्लव अफ इटहरी ,रोटरी क्लव अफ इटहरीको आयोजनामा भएको हो ।
कार्यक्रममा लायन्स क्लव अफ इटहरी स्मार्ट सिटीका जिल्ला ३२५ ए वानका भाइस गर्भनर रेवतवहादुर कार्की प्रमुख अतिथि रहेका थिए । यस्तै कार्यक्रमको अध्यक्षता लायन्स क्लव अफ इटहरी स्मार्टसिटीकी अध्यक्ष लक्ष्मी बराल गौतमले गरेकी थिइन् भने कार्यक्रमको संयोजक लायन्स क्लव अफ इटहरी एक्टिभकी अध्यक्ष रञ्जु सिग्देल रहेकी थिइन् ।
यस्तै कार्यक्रममा राजेन्द्र केशरी घिमिरे, थानेश्वर ढकाल, सुरेश कार्की, सविना श्रेष्ठ, विनोद सुवेदी, नरनाथ सापकोटा लगायत अतिथिहरुको उपस्थिति रहेको थियो ।
रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी धरानको प्राविधिक सहयोग रहेको थियो ।