खाँदबारी: संङ्खुवासभामा एक वालिकालाई बन्धक बनाई जबरजस्ती करणी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । १३ वर्षीय वालिकालाई डरत्रास देखाएर अपहरण गरि जबरजस्ती गर्ने भोजपुर जिल्ला साल्पासिलिछो गाउँपालिकाका २० बर्षिय रोषन राईलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो ।
राईले ललाई फकाई गरि बालिकाको मोबाईल समेत जफत गरेर सम्पर्क विहिन बनाएको खुल्न आएको जिल्ला प्रहरी कार्यालयका मिडिया समन्वय तथा प्रहरी निरिक्षक सन्तोष राईले जानकारी दिए। राईले बालिकालाई सङ्खुवासभाको विभिन्न स्थानमा बन्धक बनाएको र पटक पटक जबरजस्ती गरेको प्रहरी निरिक्षक राईले बताए ।
पक्राउ परेका राईलाई अपहरण गरि शरिर बन्धक बनाई जबरजस्ती करणी गरेको मुद्धामा ५ दिनको म्याद थप गरेर अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।