विराटनगर: विराटनगरको विराट नर्सिङ होममा कार्यरत चार जना नर्समा कोरोना संक्रमण पुष्टि भएको छ ।
केही दिन अघि सोही अस्पतालका सञ्चालकलाई संक्रमण पुष्टि भएपछि थप स्वास्थ्यकर्मी तथा कर्मचारीको स्वाब संकलन गर्दा चारजना नर्समा कोरोना पोजेटिभ देखिएको हो ।
विराटनगर महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीका अनुसार नर्सिङहोममा कार्यरत चारजना महिला कर्मचारीमा कोरोना पुष्टि भएको हो । संक्रमित मध्ये एकजना कोशी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी विराट नर्सिङ होममा आङसिक रुपमा कार्यरत थिएन् ।
संक्रमित स्वास्थ्यकर्मी विराटनगर ५, १० नम्बर वडाका हुन । एकजना धरान ठेगाना भएकी हुन । अर्का एकजना कोशी अस्पतालमा बस्ने रहेको महानगरपालिकाका फोकल पर्सन हैदर अलीले जानकारी दिए ।
यो सँगै विराट नर्सिङहोममा कोरोना संक्रमितको संख्या पाँच पुगेको छ । अस्पतालमा कार्यरत २५० भन्दा बढी कर्मचारी मध्ये पहिलो चरणमा ५८ जनाको स्वाब संकलन गरिएको थियो । ति मध्ये ५४ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।
स्वाब संकलन गरिएकोमध्ये चार जना नर्समा कोरोना देखिएपछि उनीहरूको सम्पर्कमा रहेका २६ जना सम्र्पकमा रहेको कन्ट्रयाक ट्रेसिङ्गमार्फत देखिएकोेले स्वाब संकलन गरिने तयारी गरिएको कार्कीले जानकारी दिए ।