भोजपुर :सवारी दुर्घटनामा परी गम्भीर घाईते भएका वडा अध्यक्षलाई गाउँपालिकाले आर्थिक सहयोग गरेको छ । भोजपुरको हतुवागढी गाउँपालिकाले वडा नम्बर ६ का वडा अध्यक्ष सागर राईलाई गाउँपालिकाको तर्फबाट सहयोग गरेको हो ।
गाउँपालिकामा मंगलबार बसेको बैठकबाट वडा अध्यक्ष राईलाई जनप्रतिनिधिको १५ दिन बराबरको तलब, गाउँपालिका भित्र कार्यरत कर्मचारी लगायतको सहयोगमा पालिकाले ५ लाख ९० हजार नगद सहयोग गर्ने निर्णय भएको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले जानकारी दिए ।

गत साउन ८ गते सुनसरीको धरान स्थित बरगाछी नजिक मोटरसाइकलमा सवार वडा अध्यक्ष राई दुर्घटनामा परी गम्भीर घाईते भएका थिए । उनको अहिले विराटनगर स्थित न्युरो अस्पतालमा उपचार भईरहेको छ ।