इटहरी:सुनसरीको इटहरी उपमहानगरपालिकामा कार्यरत एक कर्मचारीमा कोरोना भाईरस (कोभिड -१९) संक्रमण पुष्टि भएपछि अहिले विहानै पालिकाको आकस्मिक बैठक बस्दै छ ।

कार्यालयमा कार्यरत कर्मचारीलाई नै कोरोना देखिएपछि के गर्ने, उपमहानगरको कामकारबाही कसरी सञ्चालन गर्ने, इटहरीलाई लकडाउन गर्ने नगर्ने भन्ने विषयमा छलफलका लागि बैठक बस्ने तयारी भईरहेको उपमेयर लक्ष्मी गौतमले बताइन् । उपमहानगरसगँ सम्बद्ध निकायहरुसगँ बैठकमा छलफल गरी उचित निर्णय लिने उपमहानगरले जनाएको छ ।

केही दिन अघि कार्यालयमा कार्यरत १० जना कर्मचारीको स्वाव परीक्षण गरिएकोमा बुधबार १ जनाको रिपोट पोजेटिभ आएको छ ।