इटहरी: प्रेस यूनियन सुनसरीले पत्रकार गिरिराज आचार्य र स्वर्गीय याम प्रधानको नाममा अक्षयकोषको स्थापना गरेको छ ।

बिहिबार सुनसरी युनियन कार्यसमितिको बसेको बैठकले प्रेस युनियन सुनसरीका संस्थापक गिरिराज आचार्यका नाममा एक लाख र स्वर्गीय याम प्रधानको नाममा दुई लाख बराबरको अक्षयकोष स्थापना गरिएको हो ।

पत्रकारद्धय आचार्य र स्व.प्रधानले स्वतन्त्र पत्रकारको हकहितका निम्ति गरेको योगदानको उच्च सम्मन गर्दै अक्षयकोष स्थापना गरिएको प्रेस यूनियन सुनसरीका अध्यक्ष पवन अधिकारीले जानकारी दिए ।

अक्षयकोषको संरक्षण तथा सहि ढंगले सदुपयोग गर्नका निम्ति प्रेस यूनियन सुनसरीका पुर्व अध्यक्ष चेतन धमलाको संयोजकत्वमा समिति समेत निमार्ण गरिएको छ । जसमा निवर्तमान् अध्यक्ष धनबहादुर परी र केन्द्रीय पार्षद सचिन पोखरेल रहेका छन् ।
उक्त रकमको वार्षिक ब्याजबाट क्रियाशिल पत्रकारलाई हरेक बर्ष पुरस्कृत गरिने छ ।

press union sunsari 3