इटहरी :शुक्रबार प्रदेश १मा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा झापामा १३, मोरङमा १२, ईलाममा ५ र उदयपुरमा १ जनामा संक्रमित थपिएको प्रदेश १ सामाजिक विकास मन्त्रालयका प्रवक्ता डाक्टर सुरेश मेहत्ताले जानकारी दिए । उनले झापाको मेचीनगरमा ११ पुरुष र २ महिला, विराटनगरमा ६ पुरुष र ५ महिला, सुनबर्षीमा १ महिला, ईलामको ईलाम नगरपालिकामा ५ पुरुष र उदयपुरको त्रियुगा नगरपालिकामा १ पुरुषको पिसिआर परिक्षणको रिपोर्ट पोजेटिभ आएको बताए ।

कोरोना संक्रमित देखिएका विराटनगरका ३ जना कोशी अस्पतालका कर्मचारी रहेको बताइएको छ । यसैगरी झापा र इलामका संक्रमित सुरक्षाकर्मी हुन् भने उदयपुरका संक्रमित मालपोत कार्यालयका कर्मचारी हुन् ।

प्रदेश नं. १ मा शुक्रबार ६ सय ५९ जनाको पिसिआर परिक्षण गरिएको छ । जसमा ८ महिला र २३ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । शुक्रबार ३१ कोरोना संक्रमित थपिएसगैं प्रदेश एकमा मात्रै संक्रमितको संख्या १ हजार २४ पुगेको छ भने १ जनाको मृत्यु समेत भएको छ ।