धनकुटा: कोरोना भाईरसको जोखिम सबै भन्दा बढी जेष्ठ नागरिकलाई हुने भन्दै त्यसबाट बच्न र रोकथामका लागि जेष्ठ नागरीक संघ वडा नं ७ धनकुटाले उनीहरुलाई आइतबार स्वास्थ्य सामाग्राी वितरण गरेको छ ।
कोरोना भाईरस (कोभिड १९) लाई फैलन नदिन र नियन्त्रण गर्नका लागी वडा नं ७ मा रहेका ७५ बर्ष माथिका ८५ जना जेष्ठ नागरिकलाई माक्स, सेनीटाईजर, रोग प्रतिरोधात्मक औषधी लगायतका स्वास्थ्य सामाग्री वितरण गरिएकोे जेष्ठ नागरीक संघ वडा नं ७ का अध्यक्ष बुद्धिकान्त घिमिरेले बताए ।
कोरोना भाईरसको संक्रमणबाट बच्न जेष्ठ नागरीक संघ वडा नं ७ धनकुटाले गरेको २ दिने अभियानले कोरोना भाईरसबाट बच्च र यसको रोकथामका लागि सहयोग पुग्ने जेष्ठ नागरिकहरुको भनाई छ ।