इटहरी: पछिल्लो २४ घण्टामा थप ४१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ७ हजार ६३७ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या २० हजार ७५० पुगेको छ ।
तीमध्ये ५ हजार ७३२ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । कुल संक्रमितमध्ये २७.६ प्रतिशत सक्रिय संक्रमित रहेको मन्त्रालयको तथ्यांक छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा ३५८ जनाले कोरोनालाई पराजित गरेर घर फर्किएका छन् । आज सम्म डिस्चार्ज हुनेको संख्या १४ हजार ९६१ रहेको छ । अहिलेसम्म कूल संक्रमितमध्ये ७२.०१ कोरोना भाइरसलाई जितेर डिस्चार्ज भएको उनले बताए ।
आज ७ हजार ६३७ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
३ लाख ९८ हजार ९०७ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ । नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणबाट ५७ जनाको मृत्यु भएको छ । यो संख्या कुल सक्रमितमध्ये ०.२८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।