इटहरी: सुनसरीको इटहरीमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा इटहरी ५ घर भएका एक पुरुष रहेका छन् । उनी वडा नम्बर ६ मा एक फर्निचर उद्योगमा काम गर्ने हुन् । उनको सोमबार साझँ रिपोट आएको उपमेयर लक्ष्मी गौतमले जानकारी दिइन् ।

यस्तै दुहबी नगरपालिकाको कर्मचारी सहित ४ जनामा पनि कोरोना पुष्टि भएको छ । दुहबीमा स्वाब सङ्कलन गरी विपी कोइराला स्वास्थ्य विज्ञान धरानमा परीक्षण गर्दा कोरोना पोजेटिभ रिपोर्ट आएको दुहबी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विन्देशर प्रसाद महतोले जानकारी दिएका छन् ।

दुहबी नगरपालिकाका ५३ वर्षीय एक कर्मचारी र वडा नम्बर ४ र ५ का ३ जना संक्रमित २४,३३ र ६० वर्षीय अरू संक्रमित रहेका छन् । उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य शाखा प्रमुख महतोले बताए ।