इटहरी: सुनसरीको दुहबी नगरपालिकाले दुई हप्ताका लागि लकडाउन घोषणा गरेको छ । दुहवी नगरपालिकाका एक कर्मचारीसहित चार जनामा कोरोना संक्रमण पुष्टि भएपछि नगरपालिकाले नगर क्षेत्रमा लकडाउन गर्ने निर्णय गरेको हो ।

नगरपालिकाका मेयर वेदनारायण गच्छदारका अनुसार नगरपालिका तथा सरकारी कार्यालय २६ गते सम्मका लागि र अन्य क्षेत्र तथा बजार २ हप्ताको लागि बन्द गरिएको छ । मेयर गच्छदारका अनुसार पालिका भित्र अतिआबश्यक काम बाहेकका सेवा बन्द गरिएको छ भने स्वास्थ्य शाखा खुल्ला रहनेछन् । यस्तै नगरपालिकाले खाद्यान्नका पसल बिहान ८ बजेदेखि १ बजेसम्म खुल्ला हुने बताइएको छ ।

पालिकाका कर्मचारीसहित अन्यमा संक्रमण बढेपछि नगरपालिकाका कर्मचारी र स्थानीयको पनि स्वाब संकलन गरी पीसीआर परीक्षण गर्ने तयारी गरिएको मेयर गच्छदाले बताए ।
लकडाउन उल्लंघन गर्ने पसललाई पाँच हजार जरिवाना गर्नेसमेत निर्णय भएको छ ।